काठमाडौंको तापक्रम शून्य दशमलव नौ, जुम्लामा तापक्रम माइनसमा झर्यो

काठमाण्डौं। काठमाण्डौंको तापक्रम यो वर्षकै कम भएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार काठमाडौंको तापक्रम शून्य दशमलव नौ डिग्री सेल्सियसमा झरेको छ।

आज बिहान छ बजे यहाँको तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो।

९ पुसमा काठमाडौंको तापक्रम दुई दशमलव नौ डिग्री सेल्सियस मापन गरिएको थियो।

जुम्लामा तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ।

डडेलधुराको तापक्रम एक दशमलब सात डिग्री छ, वीरेन्द्रनगरको दुई डिग्री छ।

त्यस्तै ताप्लेजुङको चार दशमलव चार डिग्री सेल्सियस र ओखलढुंगाको तापक्रम तीन दशमलव डिग्री सेल्सियस रहेको छ।

चिसो बढेसँगै तराईका जिल्लामा हुस्सु र शीतलहरले जनजीवन कष्टकर बनेको छ।

कतिपय ठाउँमा विद्यालयहरु बन्द गरिएका छन्।

चिसोले वृद्धवृद्धा, बिरामी र बालबालिका बढी प्रभावित छन्।

बिहान समयमा तराईमा बाक्लो हुस्सु लाग्‍ने हुनाले यसबाट बच्न चिसोको असर कम गर्ने उपाय अपनाउन, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्