देशभर आंशिकदेखि पूर्ण बदलीको सम्भावना
काठमाडौं। आज देशभर आंशिकदेखि पूर्ण मौसम बदली हुने सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण भू–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण प्रदेश–१, प्रदेश–२ र बागमतीका केही स्थानमा स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी,लुम्बिनी,बागमती र प्रदेश–२ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्