भवनबाट खसेर इरानमा एक स्वीस कूटनीतिज्ञको मृत्यु एजेन्सी।इरानको राजधानी तेहरानमा स्वीट्जरल्यान्डको दूतावासमा कार्यरत एक वरिष्ठ कर्मचारीको मृत्यु भएको छ। स्वीस दूतावासकी फस्ट सेक्रेटरी ५१ वर्षीया महिलाको भवनबाट खसेर मृत्यु भएको हो। स्वीटजरल्यान्डको विदेश मन्त्रालयका प्रवक्ताले भने,‘विदेश मामिलाको फेडरल डिपार्टमेन्ट, प्रमुख फेडरल काउन्सिलर इग्नाजियो कासिस यो दुःखद घटनाबाट स्तब्ध छौं र परिवारप्रति समवेदना व्यक्त गर्दछौं।’ मन्त्रालयले ति कर्मचारी कसरी भवनबाट खस्न पुगिन भन्ने बारेमा जानकारी दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्