आज सूर्यग्रहण, सुरक्षित तरिकाले अवलोकन गर्न सुझाव
काठमाडौं। आज खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने छ।

पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ।

बिहान १०:०१ बजे मध्य हुने ग्रहण ११:३१ बजे समाप्त हुनेछ।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

सूर्यग्रहणको सुरक्षित अवलोकन गराउनका लागि उपत्यका र देशका अन्य ठाउँहरुमा तयारी गरिएको छ।

मध्यपूर्वका केही देश, दक्षिण भारत, इण्डोनेसियाबाट आजक सूर्य ग्रहण देखिने बताइएको छ।

सूर्य ग्रहणलाई सुरक्षित तरिकाले मात्रै हेर्न विज्ञहरुको सुझाव छ।

सुरक्षाको उपाय नअपनाई नांगो आँखाले अवलोकन गरेमा आँखा पुरै विग्रने वा दीर्घकालिन असर पर्ने उनीरुले बताएका छन्।

हिमाल आरोहणको क्रममा लगाइने विशेष प्रकारको गाढा रङ्गको चश्मा वा वेल्डिङ गर्दा प्रयोग गरिने चश्मा, कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्य ग्रहणको अवलोकन गर्नु सुरक्षित मानिन्छ।

ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरूका लागि राम्रो छ।

बाँकी राशिकालाई शुभ फल नदिने पञ्चाङ्गमा उल्लेख गरिएको छ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिको आग्रह छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्