८६ जना भारतीयलाई श्रीलंकाको नौसेनाले पक्रियो एजेन्सी। जलसीमाबाट अवैध प्रवेश गरेको भन्दै श्रीलंकाको नौसेनाले मंगलबार ८६ जना भारतीय नागरिकलाई पक्रेको छ। माछा मार्ने काम गर्ने सबै भारतीय नागरिक ११ वटा डुंगामा श्रीलंकाको जलसीमा पुगेका थिए। केही समयअघि पनि श्रीलंकाले २१ भारतीयलाई समुद्री नाकाबाट अवैध प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो। पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि श्रीलंकाले आफ्नो सीमामा कडाइ गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्