तारकेश्वरमा मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा गएराती मोटरसाइकल बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ। नुवाकोटको ककनी गाउँपालिका–६ घर भई तारकेश्वर नगरपालिका– २ ढकालटार बस्ने ३५ वर्षीय सुरेन्द्र लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। काभे्रस्थलीबाट जरंखुतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ ब १० ३६ नम्बरको ककनी गाउँपालिकाको मोटरसाइकल गएराती साढे ९ बजे बिजुलीको पोलमा ठोकिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्