निषेधाज्ञाले रोकेन काष्ठमण्डपको पुनःनिर्माण
काठमाडौं। निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम निरन्तर चलेको छ। निषेधाज्ञामा पनि दैनिक ३० कामदारले नियमित पुनःनिर्माणको काम गरिरहेका छन्। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सामाजिक दूरी कायम गर्दै पुनःनिर्माणको काम जारी रहेको हो। हाल काष्ठमण्डपको छानो छाउने काम भइरहेको छ। छानोकै लागि रौतहटबाट ल्याइएका काठ हेटौँडा आइपुगेको छ। पुनःनिर्माणका लागि अब आठसय क्युफिट आवश्यक पर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्