काष्ठमण्डपको ९० प्रतिशत पुनःनिर्माण सम्पन्न
काठमाडौं। वि.स. २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको ९० प्रतिशत पुनःनिर्माण सकिएको छ। निषेधाज्ञाको समयमा पनि निरन्त काम भइरहेकाले अबको केही समयभित्रै पुनःनिर्माण भइसक्ने बताइएको छ। पुनःनिर्माणमा १७ हजार ५८ क्यूफिट काठ चाहिनेमा अब जम्मा ८ हजार क्यूफिट काठको काम बाँकी छ। उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्