सुन्धाराको एक होटलमा १४ वर्षीय बालिका बलात्कृत
काठमाडौं। काठमाडौंको सुन्धारास्थित ढोरपाटन होटलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई प्रहरीले पक्राउ गरेको छ। ढोरपाटन होटलमा ललाई फकाई लगेर लामाले ती बालिकालाई २ दिनसम्म राखी पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्