काबुलमा चिकित्साकर्मीमाथि बम आक्रमण
एजेन्सी। अफगानिस्तानको काबुलमा बुधबार चिकित्साकर्मीहरु चढेको मिनिबसलाई निशाना बनाएर बम आक्रमण गरिएको छ। आक्रमणमा परी एकजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन्। डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी लिएर काबुलबाट पन्जसेर प्रान्त गइरहेको मिनिबसमा गरिएको आक्रमणको जिम्मा कसैले लिएको छैन। अफगानिस्तानमा रहेका सबै अमेरिकी सेना फिर्ता लैजाने प्रक्रिया चलिरहेको बेला यो आक्रमण भएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्