अन्तरिक्षमा एक वर्ष राखिएको वाइन लिलामीमा, मूल्य १० लाख डलर एजेन्सी। धर्तीबाट वर्ष दिन बाहिर रहेको फ्रेन्च वाइनको लिलामी हुने भएको छ। लिलामी घर क्रिस्टीले मंगलबार उक्त वाइनको मूल्य १० लाख डलरसम्म हुन सक्ने बताएको छ। उक्त वाइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक वर्षभन्दा बढी समय राखिएको थियो। अन्तरिक्षमा कृषिको सम्भावनाबारे शोध गरिरहेका वैज्ञानिकले २०१९ मा वाइनका १२ बोतल लिएर गएका थिए, त्यसमध्ये अहिले लिलामीमा राखिएको ‘दि पेट्रस २०००’ पनि छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्