भारतको घरेलु व्यापारमा सवा ६ लाख करोड घाटा एजेन्सी। कोरोना महामारीका कारण भारतको अर्थतन्त्र जटिल मोडमा पुगेको छ। अप्रिलमा त्यहाँको घरेलु व्यापारमा ६.२५ लाख करोड नोक्सान भएको कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सले बताएको छ। केन्द्र तथा राज्य सरकारलाई पनि यो अवधिमा ७५ हजार करोड राजस्व नोक्सान भएको अनुमान छ। कोरोनाका कारण देशको अर्थव्यवस्था मात्र होइन, घरेलु व्यापारको समेत दुर्दशा भएको अर्थविद्हरूले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्