चीनसँग तर्सिएका अमेरिका र जापानले बनाए नयाँ रणनीति
एजेन्सी। चीनको तीव्र फड्कोसँग सबैभन्दा बढी तर्सिएका छन् अमेरिका र जापान। दुवै देशले चीनको आक्रामकतामा लगाम कस्न नयाँ रणनीतिबारे खुलेर छलफल गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र जापानी समकक्षी तोसिमित्सु मितेगी चीनसम्बद्ध विषयमा दुई देशबीचको गठबन्धन मजबुत पारेर अघि बढ्न सहमत भएका छन्। जी-७ को विदेशमन्त्रीस्तरीय बैठकअघि सोमबार लन्डनमा दुई नेताले कुराकानी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्