पीपीएल: कसले मार्ला बाजी?

काठमाडौं। मुहम्मद जाइद आलमको अलराउन्ड प्रदर्शनप्रेरित विराटनगर टाइटन्सले ९ पुसमा लिग चरणको अन्तिम खेलमा बुटलवल ब्लास्टरलाई पराजित गरेको थियो।

आज पनि विराटनगरले त्यही बुटवलसँग पोखरा प्रियिमर लिगको फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्।

अहिले विराटनगर टाइटन्सले बुटवल ब्लास्टरविरुद्ध ब्याटीङ गरिरहेको छ।

प्रतियोगितामा लिग चरणको शीर्ष स्थानमा रहने टोली सिधै फाइनल खेल्ने प्रावधान छ।

त्यस्तै दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने प्रावधान छ।

विराटनगरलाई इनिमिनेटरमा स्थान पक्का गर्न १० पुसमा बुटवल जित्नै पर्ने दबाब थियो। जितेर मात्र पनि पुग्दैनथ्यो, राम्रो रनरेटमा बुटलवलाई हराउनुपर्ने थियो।

प्रदीप ऐरीको कप्तानीमा रहेको विराटनगरले टस जितेर बलिङ गर्दै बुटवललाई १३३ रनमा रोक्यो। १३४ रनको लक्ष्य ११ दशमलव चार ओभरमा पुरा गर्‍यो।

जितसँगै विराटनगरले काठमाडौं गोल्डेन्स वारियर्सलाई रनरेटमा पछि पार्दै इलिमिनेटरमा स्थान बनायो।

काठमाडौंको रनरेट शून्य दशमलव ३९ थियो। विराटनगरको रनरेट शुन्य दशमलब ४७५ थियो।

प्रतियोगितामा यसअघि नै चितवनले सतप्रतिशत जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ।

बुटवलले पाँचमध्ये तीन खेलमा जित निकाल्दै इलिमिनेटरमा स्थान बनाइसकेको थियो।

बुटवल र विराटनगर जो फाइनल पुगे पनि चितवनले यसपटक फाइनलमा नयाँ प्रतिद्वन्‍द्वी पाउने पक्का छ।

चितवन गत सिजन पोखरा पल्टनसँग फाइनलमा पराजित भएको थियो।

विराटनगरले गत सिजन अन्तिममा रहेर प्रतियोगिताको अन्त्य गरेको थियो।

बुटवल पाँचौं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्