२०७२ सालपछि नेपाली सेनाबाट अवकास पाउने स्वास्थ्यकर्मी कति छन्?
काठमाडौं। देशमा कोरोना संक्रमण बढेपछि नेपाली सेनाले आज २०७२ सालपछि अवकास पाएका सेनाका स्वास्थ्यकर्मीलाई सेवामा फर्कनको लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ। कति छन् त यस्ता स्वास्थ्यकर्मी? नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलकाअनुसार २०७२ सालपछि अवकास लिएका सेनाका स्वास्थ्यकर्मीको संख्या ३२० को हाराहारीमा छ। सेनामा अहिले सक्रिय स्वास्थ्यकर्मी २३ सयको हाराहारीमा छन्।
प्रतिक्रिया दिनुहोस्