पछिल्लो चौबीस घण्टामा १७७ स्थानमा वर्षा, सबैभन्दा बढी प्यूठानको हंसपुरमा काठमाडौं। पछिल्लो चौबीस घण्टामा २१२ वटा वर्षा मापन केन्द्रहरु मध्ये १७७ केन्द्रमा वर्षामापन भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा प्यूठानको हंसपुर केन्द्रमा ५४ मिलिमिटर मापन गरिएको थियो। मापन गरिएका केन्द्रमध्ये १२२ मा ५ मिलिमिटर, ८५ मा १० मिलिमिटर, २७ मा २५ मिलिमिटर र एउटामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्