दिनको ३०० मानिस मंगल ग्रहमा लैजाने तयारीमा स्पेस एक्स
एजेन्सी। मंगल ग्रहमा प्रतियान १०० मनिसका दरले दिनमा तीनवटा उडान गर्ने अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले सार्वजनिक गरेको छ। सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पुर्याउने कम्पनीको दावी छ। पृथ्वी र मंगल ग्रह दुवै ठाउँमा इन्टरनेटको सुविधा उपलब्ध गराउन स्टारलिङ्क स्याटेलाइटहरूलाई अन्तरिक्षमा स्थपित गर्दै गरेको कुरा कम्पनीकी सीओओ गिन्नि शटवेलले टाइम म्यागजिनसँग बताएकी छिन्।
प्रतिक्रिया दिनुहोस्