पश्चिम बंगालमा हिंसा जारी, मृत्यु हुनेको संख्या १७ पुग्यो बीबीसी। भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएपछि जारी हिंसामा मर्नेको संख्या १७पुगेको छ। चौबिस घण्टामा तीनजनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये नौजना आफ्ना कार्यकर्ता भएको दाबी भारती जनता पार्टी (भाजपा)ले गरेको छ। टीएमसीले सातजना आफ्ना कार्यकर्ता भएको जनाएको छ। राज्यका विभिन्न स्थानमा तोडफोड र आगजनी भइरहेको जनाइएको छ। हालै सम्पन्न चुनावमा पश्चिम बंगालमा भाजपाले हार ब्यहोरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्