काठमाडौं। भ्रमण वर्ष २०२० को तयारीका लागि भन्दै काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा अवरुद्ध इन्टरनेट र टेलिफोन लाईन पुनः जडान गर्न डेढ महीना लाग्ने भएको छ। ठमेल क्षेत्रमा जडान गरिएका इन्टरनेट र टेलिफोनका सम्पूर्ण पूर्वाधार काटिएकाले डेढ महीनाभन्दा छिटो ती सेवा पुनःसञ्चालन हुन सक्ने छैनन्।
ठमेल पर्यटन विकास परिषद्ले अव्यस्थित तारबार हटाउँदा अहिले त्यस क्षेत्रको इन्टरनेट र टेलिफोन सेवा तथा सीसीटीभी क्यामेरा पूर्णरूपमा अवरुद्ध छ। परिषद्ले ‘हाम्रो ठमेल, राम्रो ठमेल’ भन्ने नारासहित २९ मंसीरदेखि ठमेल क्षेत्रका अव्यवस्थित तार काट्ने अभियान शुरू गरेको थियो।
नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र ठमेल पर्यटन विकास परिषद्को संयुक्त सहकार्यमा शुरू भएको यो अभियानका क्रममा विद्युतका बाहेक सबै तार काट्दा यस्तो समस्या आएको हो। त्यसको प्रत्यक्ष प्रभाव ठमेलका अधिकांश पसल, होटल तथा रेस्टुराँ, ट्राभल एजेन्सी लगायतलाई परेको छ। र, त्यसबाट सबभन्दा अप्ठेरो पर्यटकलाई परेको छ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइएसपीएन)का अध्यक्ष भोजराज भट्टले ठमेलमा इन्टरनेटका तारहरू पूर्णरुपमा काटिएकाले पुनः जडान गर्न डेढ महीनाको समय लाग्ने बताए। उनले संघसँगको सहकार्यवेगर तार काटिएको बताउँदै विद्युत्का तारबाहेक सबै तार काटिएकाले फेरि सेवा सञ्चालनमा ल्याउन समय लाग्ने बताए।
भट्टले भने, “तार काटिँदा ठमेल सुन्दर बनेको त छ, तर, इन्टरनेट र टेलिफोनको सम्पूर्ण तार काटिएकाले सञ्चारविहीन पनि बनेको छ।”
समन्वय गरेको भए परिषद्लाई तार काट्न संघले नै सहयोग गर्ने उनको भनाइ छ। “त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको तार संघकै नेतृत्वमा काटिएको थियो”, उनले भने, “ठमेललाई सुन्दर बनाउन संघले नै सहयोग गर्न सक्थ्यो।”
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले यसरी तार काट्न नमिल्ने बताए। उनले इन्टरनेट तथा टेलिफोनको पूर्वाधार काटिए दूरसञ्चार ऐन आकर्षित हुने बताए। तार काटिएपछि उत्पन्न भएको विवाद सुल्झाउन पाँच सदस्यीय कार्यदल गठन गरिएको उल्लेख गर्दै उनले भने, “कार्यदलमा टेलिकम, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, ठमेल पर्यटन विकास परिषद् र इन्टरनेट सेवा प्रदायक संघ रहेका छन्।”
ठमेलमा वर्ल्डलिंक कम्युनिकेसन, भायानेट, सुविसु, टेलिकम लगायत सेवाप्रदायक कम्पनीका इन्टरनेटको तार काटिएको छ। समन्वयविना नै सेवा अवरुद्ध हुनेगरी तार काट्नु दूरसञ्चार ऐनविपरीत भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले विरोध गरेका छन्।
दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा ५ मा ‘कुनै व्यक्तिले बद्नियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली, सो सम्बन्धी कुनै कार्य वा उपकरणमा प्रतिकूल असर पर्नेगरी कुनै काम गरे, हानी नोक्सानी पुर्याएमा र दुरूत्साहन दिएमा सो अवस्थामा हानी नोक्सानीको बिगोबमोजिम जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने’ व्यवस्था छ।
पढ्नुहोस्
तार काट्नेलाई कारबाही र ५ करोड क्षतिपूर्ति माग
ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी
भ्रमण वर्षका लागि सुन्दर बनाउन खोजिएको ठमेल पाँच दिनदेखि इन्टरनेट र टेलिफोनविहीन