निषेधाज्ञा उल्लंघन गर्ने ११ हजार २९५ जनालाई होल्डमा
काठमाडौं। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११,२९५ जनालाई होल्डमा राखी सम्झाई-बुझाई छाडिएको प्रहरीले जनाएको छ। सोही क्रममा ४,३६५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १,६२९ गाडी र २,७३६ मोटरसाइकल छन्।
प्रतिक्रिया दिनुहोस्