सीमासँग जोडिएका सिरहाका सबै नाका बन्द सिरहा। नेपाल–भारतसँग जोडिएका सिरहाका सबै सिमानाका सिल गरिएको छ । कोभिड-१९ को सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि रोकथाम तथा निन्त्रणका लागि भन्दै सिरहाका सबै सिमानाका सिल गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए। भारतीय सीमाक्षेत्रसँग जोडिएका ठाडी, बरियारपट्टी, औरही, झाझपट्टीलगायत सबै नाकाबाट आवतजावत गर्न अब पूर्ण रोक लगाइएको प्रजिअ कँडलले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्