रोकिएन काश्मिरमा भीडन्त, बिहीबार बिहानै तीनजना आक्रमणकारी मारिए
एजेन्सी। काश्मिरको सोपिया जिल्लामा आक्रमणकारी र सुरक्षाबलबीच आज बिहानै भएको भीडन्तमा तीनजना आक्रमणकारी मारिएका छन्। अल–बद्र नामक संगठनका नयाँ सदस्य मारिएको सुरक्षाबलले बताएको छ।
सुरक्षाबलका अनुसार चारजनालाई घेरा हालेर कारबाही गर्दा तीनजना मारिएको र एकजनाले आत्मसमर्पण गरेका थिए। सूचनाका आधारमा सुरक्षाबलले सोपिया जिल्ला घेराबन्दी गरेका थिए। सुरुमा आक्रमणकारीले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो।
प्रतिक्रिया दिनुहोस्