मोरोक्कोमा २७ हजार बढी अवैध आप्रवासी पक्राउ <p>माेराेक्काे। मोरोक्कोमा सन् २०१९ मा अहिलेसम्म कुल २७ हजार ३१७ जना अवैध आप्रवासी पक्राउ परेका छन्।</p> <p>उनीहरूमध्ये २० हजार ११४ जना विदेशी रहेको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। सन् २०१९ भरिमा ६२ ओटा बेचविखनसम्बन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी तीन हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरू नियन्त्रणमा लिइएको थियो।</p> <p>मोरोक्काेलाई युरोप जाने माध्यमका रूपमा अफ्रिकी अवैध आप्रवासीहरूले प्रयोग गर्ने गरेका छन्। त्यसैले मोरोक्कोबाट धेरै आप्रवासी पक्राउ पर्ने गरेका हुन्। <em>रासस/सिन्ह्वा</em></p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्