यार्सागुम्बा टिप्न पाटन पुगेका किशोरको मृत्यु
डोल्पा। यार्सागुम्बा संकलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।त्यस्तै लुकिछिपी यार्सागुम्बा संकलन गर्न पाटन पुगेका चार जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्