काठमाडौं। स्टिभ स्मिथ र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको बक्सिङ डे टेस्टमा बलियो शुरूआत गरेको छ।
मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो दिन सकिँदा चार विकेट गुमाएर २५७ रन बनाएको छ। पहिलो घरेलु टोलीले ओभरमै ओपनर जोए बर्नसलाई गुमाएको थियो। बर्नसलाई ट्रेन्ट बोल्टले पवेलियनको बाटो देखाएका थिए। त्यसपछि अर्का ओपनर डेबिड वार्नर र लाबुसेनले अस्ट्रेलियाको इनिङ सम्हाल्ने प्रयास गरे।
वार्नर र लाबुसेनले दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे। वार्नर पनि ४१ रन बनाउँदा नेल वाग्नरको बलमा टीम साउथीको हातबाट क्याच भए। वार्नर आउट भएपछि लाबुसेनले स्मिथसँग तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे। लाबुसेनले ६ चौका र एक छक्कासहित ६३ रन बनाए। उनी कोलिन डी ग्राण्डहोमको बलमा बोल्ड भए।
त्यसपछि स्मिथले म्याथ्यु वेडसँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे। वेडले तीन चौकासहित ३८ रन बनाउँदा ग्राण्डहोमकै बलमा विकेटकिपर बिजे वाटलिङमार्फत् क्याच भए।
पहिलो दिन सकिँदा स्मिथ आठ चौका र एक छक्कासहित ७७ रनमा अविजित छन्। स्मिथसँगै ट्रभिस हेड २५ रनमा बनाएर क्रिजमा छन्।
" /> काठमाडौं। स्टिभ स्मिथ र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको बक्सिङ डे टेस्टमा बलियो शुरूआत गरेको छ।

">