काठमाडौं। झण्डै ६ फिट उचाइ भएकी धादिङकी एक युवतीलाई ‘मोडलिङ’मा रहर थियो। उनी उपयुक्त मौकाको पर्खाइमा थिइन्।
गाउँमा आफूलाई ‘मोडलिङ’मा रहर भएको कुरा छरछिमेकमा सुनाउँथिन्। उनी कल्पिन्थिन्, आफूले ‘मोडलिङ’ गरेको भिडिओ टिभीमा आउँदा कस्तो होला, आफैले आफ्नो अभिनय हेर्दा कस्त देखिदीहुँ!’
उनलाई एकदिन काठमाडौंमा बस्ने उनकै छिमेकी २३ वर्षीया प्रेममाया तामाङले ‘मोडलिङ’को राम्रो अवसर आएको बताइन्। यो पेशामा लाग्दा राम्रो रकम आउने प्रेमाले आश्वासन दिइन्। अनि त, ती युवतीलाई ‘ढुङ्गा खोज्दा देउता’ मिलेझैं भइहाल्यो।
उनी प्रेममायाको साथमा काठमाडौं आइन्। प्रेममायाले युवतीको उचाइ नापी त्यसको भिडिओ सप्तरीको राजविराज नगरपालिका–१४ घर भई विराटनगरमा बस्ने उमेश साहलाई पठाइन्। उमेशले प्रस्ताव स्वीकार गरे, ती युवती दंग परिन्। युवतीलाई उमेशले विराटनगर बोलाए। उनी विराटनगर पुग्न राजी भइन्।
तर, विराटनगर पठाउनुअघि प्रेममायाले ती युवतीलाई महीनावारी भए/नभएको, घाउ चोटपटक भए/नभएको, अप्रेसन गरे/नगरेको सोधुपछ गरिन्। जुन कुरा युवतीले आफन्तलाई जानकारी गराइन्। आफन्तहरूले महानगरीय प्रहरी परिसर काठमाडौंमा ४ पुसमा जानकारी गराए। त्यसपछि प्रहरीको विशेष टोली परिचालन भयो।
अनि, प्रेममायालगायत सात जनाको योजना प्रहरीले विफल बनाउन सक्यो। प्रहरीका अुनसार यदि समयमै ती युवतीको उद्धार नगरिएको भए सीमा पार गराएर वेचविखन गरिन सक्थ्यो, कुनै पनि किसिमका गम्भीर आपराधिक घटना घट्न सक्थ्यो। ती युवतीलाई भारत लगेर 'बलि चढाउने' योजना बनाइएको प्रहरीले बताएको छ।
प्रहरीले पीडित युवतीको उद्धार मात्र गरेको छैन, घटनामा संलग्न रहेको भन्दै सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रेममाया र उमेशका अलवा नवलपरासी हुप्सेकोट–१ का २६ वर्षीय कृष्ण तामाङ, दाङको घोराही नगरपालिका–१० का २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरीको सप्तकोशी–११ का ३५ वर्षीय उमेश माझी, मोरङ विराटनगर महानगरपालिका–८, का ५१ वर्षीय दिलिप पोदार र सुनसरीको गडी गाउँपालिका–१ मधेलीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन्। पक्रा परेकलाई आज परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, डीएसपी होविन्द्र बोगटीले बताए। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये उमेश माझी यसअघि पनि अपहरण तथा शरीर बन्धक र हातहतियार मुद्दामा पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट छुटेका व्यक्ति भएको प्रहरी बताउँछ।
प्रहरीका अनुसार युवतीलाई कृष्णले काठमाडौंबाट विराटनगर पुग्नका लागि ती युवतीलाई ६ पुसमा हवाई टिकट र २६ हजार रूपैयाँ समेत पठाइदिएका थिए। प्राविधिक कारण त्यो दिन ‘फ्लाइट’ भएन। ७ पुसमा पीडित युवती र दिलकुमारी बुढामगर बिहान साढे १० को बुद्ध एयरको उडानमार्फत् विराटनगर पुगे। विराटनगरमा उमेश र कृष्णले भेटेर शुरूमा रामजानकी मन्दिरको खाजाघरमा लगेर राखेको त्यसपछि विराटनगर जलजलाचोकस्थित काली मन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र २०६ बुक गरी राखेको अनुसन्धानबाट खुलेको छ। त्यहाँपनि कृष्ण र उमेशले युवतीको उचाइ , महीनावारी, घाउ, चोटपटक र अप्रेसनका विषयमा चासो राखेका थिए।
युवतीलाई तान्त्रिक पूजाका लागि सीमापारी लगी पूजा गराउने भन्दै उमेश माझी, रञ्जित कुमार चौधरी र दिलिप पोदारसँग छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहत मोडलिङको लागि आवश्यक पर्ने सामान किन्ने बहानमा जोगवनी हुँदै सीमा पार गराउने योजना बनाइरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
७ पुस साँझ घटनामा संलग्नलाई पक्राउ गरी पीडित युवतीको उद्धार गरिएको डीएसपी बोगटीले बताए। प्रेममाया तामाङ भने काठमाडौंको सितापाइलाबाट पक्राउ परेकी हुन्। पक्राउ परेकाहरूले मोटो रकम पाउने आशमा ६ फिट उचाइ भएकी युवती खोज्दै तान्त्रिक पूजाका लागि सीमा पार गराउने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
मख्य योजनाकार दिलिप पोदारलाई भारत विहारस्थित् मन्दिरको बावा लगायत अन्य व्यक्तिहरूले पैसा दिई सम्पर्क गरेको देखिएको, घटनामा संलग्न प्रेममाया र कृष्णले पाँच लाख रूपैयाँ पाउने आश्वासनपछि योजना अुनसार काम गरेको भेटिएको छ।
पक्राउ परेकाहरूको साथबाट एक लाख एक हजार ५०० नगद, सामसुङ मोबाइल सात थान, विभिन्न बैंकका नौ लाख एक हजारको चेक, कालो रङको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको चाँदीको जन्तर दुई थान, कृष्ण तामाङको सात थान एटीएम कार्ड र तान्त्रिक पूजाका सामानहरू बरामद भएको प्रहरीले जनाएको छ।