गायक रामकृष्णले भने– ‘मेरी श्रीमतीको चरित्रहत्या गर्न खोजियो’

काठमाडौं। गायक रामकृष्ण ढकालले आफ्नी श्रीमतीको चरित्रहत्या गर्न खोजिएको आरोप लगाएका छन्। निलम शाह (ढकाल)सँग ९ पुसमा काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका ढकालले आफूहरू दुवैजना सँगै रहेको समेत दाबी गरेका छन्।

फेसबुकमार्फत् एक स्टेटस पोष्ट गर्दै ढकालले आफूहरू सँगै रहेको जनाउँदै श्रीमतीको चरित्रहत्या हुने गरी टिप्पणी नगर्न आग्रह गरेका हुन्। उनले लेखेको छन्, ‘हामी सधैँझै हासीखुशी परिवारमा सँगै छौं। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।’

सम्बन्धविच्छेद गरेको समाचारहरू बाहिरिएसँगै ढकाल र उनकी श्रीमती निलमबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्। उनले मिडियामा आएका समाचारका आधारमा टिकाटिप्पणी नगर्न सबैलाई अनुरोध गरेका छन्।

उनले आफू यहाँसम्म आइपुग्नुमा निलमको निकै ठूलो साथ र सहयोग रहेको बताए। ‘नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरतरूपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन्,’ ढकालले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्