उदयपुरमा ६ वर्षीया बालिका बलात्कृत उदयपुर। उदयपुरमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। किशोरले ती बालिकालाई वैशाख १६ गते ललाईफकाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्