विशेषज्ञ भन्छन्- तीव्र गतिको कोरोनाको दोस्रो लहरको अन्त्य तीव्र गतिमै हुनेछ
एजेन्सी। भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ, त्यसको अन्त्य पनि सोही रफ्तारमा हुने विशेषज्ञहरूले बताएका छन्। तर, दोस्रो लहरको उत्कर्षबिन्दुमा पुग्न अझै केही समय लाग्ने पनि उनीहरू बताउँछन्। भाइरस विस्तार उत्कर्षमा पुगेपछि नै ओर्लन थाल्ने उनीहरूको विश्लेषण छ। उनीहरूकाअनुसार, विभिन्न देशका सरकारहरूले जतिसक्यो चाँडो आफ्ना नागरिकलाई भ्याक्सिनको व्यवस्था गर्नुको विकल्प छैन।
प्रतिक्रिया दिनुहोस्