यस्तो होस जनप्रतिनिधि, आफूले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयोग गरे बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन्। सङ्क्रमित बढेपछि एम्बुलेन्स नपाउने भएकाले छिटोछरितो सेवा दिन आफूहरुले चढेको गाडी एम्वुलेन्सको रुपमा प्रयोग गरेको नगरप्रमुख घिमिरेले बताए। नगरप्रमुखले चढने लु१झ ३६० र उपप्रमुखले चढ्ने लु१झ ३२६ नंको गाडी आजैदेखि सङ्क्रमितलाई बोक्न प्रयोगमा आएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्