लेनदेनमा कुरा नमिलेपछि बुहारीको हत्या

धनुषा। लेनदेनका विषयमा कुरा नमिलेपछि धनुषामा एक जनाले आफ्नै बुहारीको हत्या गरेका छन्।

मिथिला नगरपालिका–९, बडहरीमा ९ पुसमा जेठाजु श्रीप्रसाद पंजियारले बुहारी रानीदेवीको हत्या गरेका हुन्। हत्यामा संलग्न श्रीप्रसादलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी रानीदेवीको बहिनीको घर गएको बेला ९ पुसमा हत्या भएको थियो।

लेनदेन र जग्गा विवादको कारण रानीको हत्या भएको धनुषाका प्रहरी नायव उपरीक्षक, रामेश्वर कार्कीले जानकारी दिए। वैदेशिक रोजगारीमा जान बुहारीसँग ऋण मागेको तर, ऋण नदिएपछि हत्या गरेको श्रीप्रसादले प्रहरीमसक्ष बताएका छन्।

पंजियार ९ पुस राति जनकपुरधाम उपमहानगरपालिका–९ रेल्वे ट्रयाकबाट पक्राउ परेका थिए।

रानीका श्रीमान मिश्री पंजियार वैदेशिक रोजगारीको क्रममा विगत ३ वर्षदेखि मलेसियामा छन्।

प्रतिक्रिया दिनुहोस्