भारतलाई मद्दत गर्दै माइक्रोसफ्ट कम्पनी एजेन्सी। कोरोनाबाट आक्रान्त भारतलाई तत्काल आवश्यक सबैखाले मद्दत गर्न तयार रहेको अमेरिकी कम्पनी माइक्रोसफ्टले बताएको छ। माइक्रोसफ्टकी प्रमुख कार्यकारी सत्या नडेलाले भनिन्, “हामी भारतको मद्दतका लागि आफ्ना संसाधन प्रयोग गर्न तयार छौं। भारतलाई आवश्यक चिकित्सकीय सामान दिन अमेरिकी चेम्बर अफ कमर्सका साथै व्यापारिक समुदायसँग साझेदारी गरेका छौं।” भारतमा माइक्रोसफ्ट करिब तीन दशकदेखि सक्रिय छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्