ट्रम्पले अझै ६ महिना फेसबुक चलाउन नपाउने एजेन्सी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अझै कम्तीमा ६ महिना फेसबुक चलाउन नपाउने भएका छन्। फेसबुकको ओभरसाइट बोर्डले ट्रम्पको एकाउन्ट निलम्बन कायमै राख्ने र यसका लागि नियम बनाउन ६ महिना लाग्ने बताएको छ।अमेरिकी संसद्को हमलालाई उक्साउने काम ट्रम्पबाट भएको आरोप लगाउँदै फेसबुकले उनको एकाउन्ट निलम्बन गरेको थियो। त्यसबेला फेसबुक प्रमुख मार्क जुकरबर्गले ट्रम्पलाई फेसबुक चलाउने अनुमति दिनु खतरनाक हुने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्