काठमाडौं। प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौं महानगरपालिका–२५ टङ्गालस्थित हरिबहादुर श्रेष्ठको घरमा भन्सार छलेर अवैध रूपमा लुकाएर राखेको ५५ लाख रूपैयाँ मूल्य बराबरको सामान र नगदसहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख लालध्वज सुवेदीको कमाण्डमा खटिएको प्रहरीले भन्सार छलेर ल्याएको मोबाइललगायतका विद्युतीय सामानसहित ९ पुस राति निकेश शाक्य र रेश्मा श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले ५५ लाख मूल्य बराबरको मोबाइल तथा जिन्सी सामान, १५ लाख ७७ हजार नगद, पाँच लाख ७३ हजारको एनएमवि बैंकको चेक एक थान बरामद गरेको जनाएको छ।