देशभर कोरोना संक्रमितका लागि झण्डै २० हजार बेड, १७१४ आईसीयू
काठमाडौं। देशभर कोरोना संक्रमितको उपचारका लागि ४७२ अस्पतालमा १९ हजार ८८२ बेड, बेड रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक हजार ७१४ आईसीयू र ६९२ वटा भेन्टिलेटर छन्। ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छन्। ती प्लान्टबाट दैनिक दुई हजार ५४९ सिलिण्डर अक्सिजन भर्न सकिनेछ। ६ हजार २८८ अक्सिजन सिलिण्डर प्रयोगमा छन्।
प्रतिक्रिया दिनुहोस्