चुनाव सकियो, सरकारले फेरि लुट्न थाल्योः राहुल गान्धी
एजेन्सी। चुनाव सकिएपछि सरकारले जनता फेरि लुट्न थालेको भारतका विपक्षी नेता राहुल गान्धीले आरोप लगाएका छन्। भारतमा मे महिनाको सुरुदेखि नै लगातार पेट्रोल–डिजेलको मूल्य बढिरहेको छ। तेस्रो पटक इन्धनमा मूल्यवृद्धिपछि गान्धीले बिहीबार यस्तो टिप्पणी गरेका हुन्। उनले बुधबार सरकारलाई विश्वभरबाट आएको कोरोना सहयोग पारदर्शी नभएको आरोप लगाएका थिए। उनले सरकारसँग यसको जवाफ तत्काल दिनसमेत माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस्