ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु तनहुँ। ऋषिङ गाउँपालिका-४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय वीरबहादुर बोटे रहेका छन्। ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफै अनियन्त्रित भइ सडकबाट करिब २५ मिटर तल खस्दा भएको दुर्घटनामा किरण श्रेष्ठ र सुन्दर श्रेष्ठ घाइते भएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्