काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई घुससहित पक्राउ गरेकाे छ। विज्ञापनबापत् भुक्तानी गरेकाे रकममा सेवाग्राहीबाट घुस माग गरिरहेकाे भन्ने सूचना आधारमा अख्तियारकाे टाेलीले ३० हजार रूपैयाँ घुससहित उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे।
९ पुसमै उनीहरूलाई पक्राउ गरिए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिएको भन्दै सशस्त्र प्रहरी बेसक्याम्प विष्णुपुरा रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार र सशस्त्र प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ। घरायसी सामान आयात गर्न सहज गरिदिने भन्दै ६ हजार घुस लिएको आरोपमा प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरीलाई पक्राउ गरिएकाे हाे। अनुसन्धानका लागि सशस्त्र प्रहरी निरीक्षक तेजबहादुर जोरालाई पनि नियन्त्रणमा लिइएकाे प्रवक्ता काेइरालाले बताए।
" /> काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महालक्ष्मी नगरपालिका ललितपुरका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुँवेर केसीलाई घुससहित पक्राउ गरेकाे छ। विज्ञापनबापत् भुक्तानी गरेकाे रकममा सेवाग्राहीबाट घुस माग गरिरहेकाे भन्ने सूचना आधारमा अख्तियारकाे टाेलीले ३० हजार रूपैयाँ घुससहित उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे।९ पुसमै उनीहरूलाई पक्राउ गरिए पनि आवश्यक अनुसन्धानपछि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

">