गैरआवासीय नेपाली संघले सुरु गर्‍यो ‘कोभिड हटलाइन’ सेवा काठमाडौं। गैरआवासीय नेपाली संघले काठमाडौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज र धनगढीमा स्वास्थ्यसम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ। कोभिड-१९ को महामारीमा परेका बिरामीहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले आजदेखि हटलाइन सेवाको सुरुआत गरिएको हो। नेपाल मेडिकल एशोसियन र डाफे किएरको सहकार्यमा सेवा सुरु गरिएको हो। समस्या परेका बिरामीले सीधै ती चिकित्सकहरूको मोबाइल नम्बरमा वा ९८८०-०३५००० मा सम्पर्क राख्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्