निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा काठमाडौं। नेपाल प्रहरीले निषेधाज्ञा अवज्ञा गर्ने ३ हजार ८ सय ७ वटा सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमा १ हजार २७७ वटा गाडी र २ हजार ५३० वटा मोटरसाइकल रहेका छन्। यस्तै, विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ९ हजार ८५२ जनालाई होल्डमा राखी सम्झाइबुझाइ छाडिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्