धनकुटाको सहिदभूमी गाउँपालिकामा हाटबजार र यातायात बन्द
धनकुटा। सहिदभूमी गाउँपालिकाले कोभिड-१९ फैलन नदिन स्थानीय हाटबजार बन्द गरेको छ। गाउँपालिका कार्यालयले आज सूचना जारी गरी मान्छेको भीडभाड हुने हाटबजारलाई बैशाख ३१ गतेसम्म बन्द गरेको हो। यात्रु बोक्ने सवारी साधानलाई समेत सञ्चालन गर्न रोक लगाएको छ। त्यस्तै स्ठानीयबजारका पसलसमेत बिहान ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र खोल्न दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।
प्रतिक्रिया दिनुहोस्