काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन १६ पुसमा दशरथ रङ्गशालामा आयोजना गर्दै छ । भ्रमण वर्षको औपचारिक उद्घाटनको दिन आउन एक साताभन्दा कम समय बाँकी छ । भ्रमण वर्ष सुरू हुनै लाग्दा प्रचारप्रसारले भने गति लिन सकेको छैन।
आन्तरिक रूपमा भ्रमण वर्षको प्रचारप्रसारको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभरका तीन लाख सार्वजनिक सवारी साधनमा भ्रमण वर्ष २०२० को स्टिकर टाँस्ने कार्यक्रम अघि सारेका थिए ।
त्यसैका लागि मन्त्री भट्टराईले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई भ्रमण वर्ष २०२० को मूल आयोजक समितिमा राखेर प्रचार प्रसारमा सहयोग गर्न अनुरोध गरेका थिए । सोही प्रयोजनका लागि गत २८ कात्तिकमा मन्त्री भट्टराईले यातायात व्यवसायीलाई भ्रमण वर्षको लोगो हस्तान्तरण गरी १५ मंसीरसम्ममा देशभरका तीन लाख सार्वजनिक सवारीमा लोगो राखिसक्न समयसीमा नै निर्धारण गरिदिएका थिए ।
तर, यातायात व्यवसायीले तोकिएको समय सीमा भित्र सार्वजनिक सवारी साधानमा स्टिकर टाँसेनन् । उनीहरूले फेरि भाका सारेर ३ पुससम्ममा जसरी पनि स्टिकर टाँसी सक्छौ भने । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले स्टिकर प्रिन्ट गर्ने पैसा जुटाउन समय लागेकाले तोकिएको समयमा काम गर्न नसिएको देखापढीसँग बताएका थिए ।
तर, १० पुससम्म पनि राजधानीमा चल्ने सार्वजनिक सवारीमा स्टिकर नदेखिएपछि हामीले १० पुसमै काठमाडौं उपत्यकाको कलङ्की, माइतिघर, रत्नपार्क, दरबारमार्ग क्षेत्रमा चल्ने सार्वजनिक सवारीकाे अवलाेकन गर्दा कपन नगर बस यातायातले मात्रै स्टिकर राखेको पाइयो ।
त्यसपछि हामीले यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यलाई सोध्यौं– भ्रमण वर्षको स्टिकर सार्वजनिक यातायातमा राख्न के समस्या पर्याे ?
सरकारले लोगो प्रिन्ट गर्ने खर्च नदिएकाले तोकिएको समयमा सबै सार्वजनिक सवारीमा लोगो राख्न नसकिएको जवाफ कर्माचार्यले दिए ।
“सबै साथीहरूलाई सहमत गराउन समय लाग्यो । सरकारले भ्रमण वर्षको लागि त्यत्रो बजेट खर्च गरेको छ । व्यवसायी आफैले खर्च गरेर स्टिकर प्रिन्ट गर्न सकिँदैन भन्ने व्यवसायी साथीहरूको प्रतिक्रिया आयो”, कर्माचार्यले देखापढीसँग भने, “साथीहरू विस्तारै कन्भिन्स हुँदै छन् । अबको केही दिनमै राजधानीका सबै सार्वजनिक सवारीमा भ्रमण वर्षको स्टिकर राखिसक्छौं ।”
काठमाडौं बाहिरका शहरमा चल्ने र लामो रूटका सार्वजनिक सवारीमा भने भ्रमण वर्षको लाेगो आफूहरूले राख्न नसक्ने कर्माचार्यले बताए । उनले भने, “सरकारी स्वामित्वको साझा यातायातले त भ्रमण वर्षको स्टिकर राखेको छैन । साझाले नै नराखेपछि अरू व्यवसायीलाई सहमत गराउन पनि अप्ठ्यारो भएको छ ।”
" /> काठमाडौं। सरकारले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन १६ पुसमा दशरथ रङ्गशालामा आयोजना गर्दै छ । भ्रमण वर्षको औपचारिक उद्घाटनको दिन आउन एक साताभन्दा कम समय बाँकी छ । भ्रमण वर्ष सुरू हुनै लाग्दा प्रचारप्रसारले भने गति लिन सकेको छैन।आन्तरिक रूपमा भ्रमण वर्षको प्रचारप्रसारको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभरका तीन लाख सार्वजनिक सवारी साधनमा भ्रमण वर्ष २०२० को स्टिकर टाँस्ने कार्यक्रम अघि सारेका थिए ।

">