माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिद विस्फोटमा घाइते एजेन्सी। माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिद राजधानी मालेमा भएको एक विस्फोटमा घाइते भएका छन्। प्रहरीले विस्फोटमा पूर्वराष्ट्रपति नासिद घाइते भएको र एडीके अस्पतालमा उपचार भइरहेको जनाएको छ। बिहीबार साँझ उनी चढेको कार नजिकै विस्फोट भएको थियो । माल्दिभ्स प्रहरीले आफ्नो ट्विट गर्दै स्थानीयबासीलाई सो स्थानमा नजान आग्रह गरेको छ। विस्फोट भएको स्थानमा प्रहरीको बाक्लो उपस्थिति छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्