हुम्लामा हवाई उडान पुनः सुरु
हुम्ला।कोरोना संक्रमणको दर बढ्दै गए खाद्यान्न संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। बढ्दो संक्रमणको अवस्था हेर्दा पछि स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो। निषेधाज्ञापछि डीसीसीएमसीको निर्णयअनुरुप सीता एयरले तीन उडान भरेको छ।
प्रतिक्रिया दिनुहोस्