पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै
<p>झापा। पूर्वाञ्चल क्यान्सर अस्पतालले १६ पुसदेखि आफ्नो सेवा शुरुआत गर्ने भएको छ। झापाको बिर्तामोड–५ मा अवस्थित सो अस्पताल चार अर्ब रूपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो। </p>
<p>आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले ३०० शैय्याको अस्पतालले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिए।</p>
<p>अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवका अनुसार अस्पतालले अत्याधुनिक टुबिम मेशिन भित्र्याएको छ। १८ फागुन २०७१ देखि विर्तामोडमा बिएन्डसी अस्पतालले सेवा शुरू गरेको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्