काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट समाजवादी पार्टीका नेताहरूले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग भेटघाट र छलफल शुरू गरेका छन्।
समाजवादी पार्टीले ९ पुसमा मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसको एक दिनअघि समाजवादीका तर्फबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका थिए।
आज साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा कांग्रेस र समाजवादीका नेताहरुबीच भेटघाट र छलफल भएको हो।
“दुवै पार्टीका नेताबीच साँझ करीब पौने दुई घण्टा छलफल भएको हो”, स्रोतले भन्यो। उनीहरूबीच साँझ साढे पाँचदेखि साढे सवा सात बजेसम्म भेटवार्ता भएको हो।
देउवालाई भेट्न समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ बुढानिलकण्ठ पुगेका थिए।
भेटमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसमेत सहभागी थिए।
कांग्रेस नेता निधिले भेटघाट भएको र समसामयिक विषयमा छलफल भएको देखापढीलाई बताए ।
“उहाँहरू प्रतिपक्षमा आएपछि प्रतिपक्ष–प्रतिपक्ष भेट भएको हो”, निधिले भने, “प्रतिपक्षमा रहेका दुवै पार्टीबीच समसामयिक विषयमा छलफल भयो।”
समाजवादी पाार्टीका उपाध्यक्ष श्रेष्ठले भेटबारे केही बताउन चाहेनन्। बैठकमा के-के कुरा भयो? भन्ने देखापढीको प्रश्नमा उनले भने, “त्यस्तो खास केही भएको छैन।”
" /> काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट समाजवादी पार्टीका नेताहरूले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग भेटघाट र छलफल शुरू गरेका छन्।समाजवादी पार्टीले ९ पुसमा मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। त्यसको एक दिनअघि समाजवादीका तर्फबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका थिए।

">