६२० लिटर सेनिटाइजर जस्तै पदार्थसहित एक जना पक्राउ काठमाडौं। काठमाडौं महानरगपालिका–१७ क्षेत्रपाटी बस्ने भगवानबाबु रायलाई बिल र स्टिकर नभएको ६२० लिटर सेनिटाइजर जस्तो पदार्थ, ८ थान पल्स अक्सिमिटर, १३ वटा गो सेफ लेखिएको स्टिकर र २ थान बिल प्याडसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनको बीबीआर ईन्टरप्राईजेज मेडिकल तलासी लिने क्रममा उक्त सामानहरु फेला परेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्