आमाको हत्यामा संलग्न छोरीसहित चारजनालाई जन्मकैद

काठमाडौं। भक्तपुरमा आफ्नै आमाको हत्या गर्ने छोरीसहितका चारजनालाई आज भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश डा. प्रकाश उप्रेतीको इजलासले अभियुक्तहरू दीपा भन्ने ईश्वरी भट्टराई, मोहम्मद रहिष, अर्जुनकुमार भन्ने भोलाकुमार र महमद नौसादलाई जन्मकैदको फैसला गरेको हो।

चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ६० वर्षीया सावित्री भट्टराईको १५ असारमा घाँटी रेटेर हत्या भएको थियो।

ईश्वरीले प्रेम सम्बन्ध खुल्ने डरले प्रेमी नौसादको सहयोगमा हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्