प्रतियात्रु १५ हजार भाडा लिने सवारी साधन कारबाहीमा बनेपा। कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौंबाट धनुषाको जनकपुर जाँदै गरेको गाडीलाई काभ्रेपलाञ्‍चोक ट्राफिक प्रहरीले कारबाही गरेको छ। १५ जना यात्रु बोकेर जनकपुर गइरहेको सवारीले प्रतियात्रु १५ हजारको दरले भाडा लिएका थिए। यो जानकारीपछि चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिस गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले बताइन। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्