मोदीले अघि बढाए १.८ अर्ब डलरको संसद पुननिर्माण योजना एजेन्सी। कोरोना संक्रमणको दोस्रो लहरले भारतलाई तहसनहस पारिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १.८ अर्ब अमेरिकी डलरको संसद पुननिर्माण योजना अघि बढाएका छन्। देशभर अक्सिजन र बेड नपाएर जनता मरिरहेका बेला अघि बढाइएको योजनाको चौतर्फी आलोचना भएको छ। उक्त योजनामा नेताहरुको लागि आवास निर्माण पनि समेटिएको छ। योजना सन् २०२६ को अन्तसम्म सकिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्